पाल्पा दुर्घटना अपडेट : तीन जनाको मृत्यु, आठ जना घाइते

पाल्पा दुर्घटना अपडेट : तीन जनाको मृत्यु, आठ जना घाइते

बुटवल : पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्।

गुल्मीको तम्घासबाट बुटवल आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो।

पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

भाडाको स्कार्पियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजकुमार चापागाईंले बताए।

पहिरोका खस्दा पाल्पा–गुल्मी सडकखण्ड अहिले बन्द भएको छ।

भदौ १३, २०८० बुधबार १०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।