पाल्पामा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो

पाल्पामा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो

बुटवल : पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ।

गुल्मीबाट बुटवल आउँदै गरेको गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापेको हो।

जीपमा सवारमध्ये पाँच जना घाइते भएका छन्।

पहिरोमा च्यापिएका तीन जनालाई अझैसम्म पनि बहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास भैरहेको स्थानीयको भनाइ छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

भदौ १३, २०८० बुधबार ०९:२८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।