अल नासरको फराकिलो जितमा राेनाल्डोको दुई गोल

अल नासरको फराकिलो जितमा राेनाल्डोको दुई गोल

काठमाडौं : साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोको क्लब अल नासिरले अल शबाबमाथि फराकिलो जित हात पारेको छ।

मंगलबार राति भएको खेलमा कप्तान रोनाल्डोले दुई गोल गरेपछि अल नासिरले अल शबाबमाथि ४–० को फराकिलो जित निकालेको हो।

खेलको १३ औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले ३८ औँ मिनेटमा दोस्रो गोल गरे। उनले दुवै गोल पेनाल्टीमार्फत गरेका हुन्।

अल नासिरका लागि साडियो मानले एक र सल्तानले पनि एक एक गोल गरे। यो जितसँगै अल नासिर चार खेल खेल्दा लिगको छैटौं स्थानमा छ।

भदौ १३, २०८० बुधबार ०८:४०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।