माण्डु हाइड्रोपावरको आईपीओ दिने आज अन्तिम दिन
काठमाडौं : माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन हो।
लगानीकर्ताले बुधबार अपरान्ह पाँच बजेभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्।
सीडीएसका अनुसार यसमा भदौ १२ गते साँझसम्ममा ६.५७ गुणा बढी आवेदन परेको छ।
यस कम्पनीले भदौ १० गतेदेखि फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ जारी गरेको हो।
जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।
त्यस्तै, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। बाँकी १२ लाख ५ हजार ३२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कम्पनीले यसअघि आफ्नो जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १०% अर्थात ७२ हजार ७३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
भदौ १३, २०८० बुधबार ०८:०७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।