पाकिस्तानले सार्वजनिक गर्यो नेपालविरुद्ध ११ खेलाडीको सूची

पाकिस्तानले सार्वजनिक गर्यो नेपालविरुद्ध ११ खेलाडीको सूची

काठमाडौं : पाकिस्तानले एसिया कपको उद्धघाटन खेलमा बुधबार नेपालविरुद्ध खेल्ने आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे मुल्तान क्रिकेट रंगाशालमा सुरू हुनेछ।

उपाधिको दाबेदार पाकिस्तानले नेपालसँग खेल्नु अघिल्लो दिन नै आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ।

खेलाडीलाई स्पष्ट पार्न र मनोबल उच्च पार्न पाकिस्तानले अघिल्लो दिन नै आफ्नो प्लेइङ ११ सार्वजनिक गर्दै आएको छ।

पाकिस्तानले नेपालविरुद्ध पहिलो रोजाइको टोलीलाई नै मैदान उतार्ने भएको छ।

पाकिस्तानले फखर जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान(विकेटकिपर), अघा अली सलमानलाई खेलाएको छ।

यस्तै, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ पनि प्लेइङ ११ को हिस्सा हुनेछन्।

भदौ १२, २०८० मंगलबार २१:५७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।