२० केजी चाँदीसहित दुई जना पक्राउ

२० केजी चाँदीसहित दुई जना पक्राउ

सिन्धुली : गोलन्जोर गाउँपालिका-५ खनियाखर्क बजारबाट करिब २० केजी चाँदीसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको  छ।

पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-५ बस्ने रोहित कुमार यादव र सप्तरी राजविराज नगरपालिका–८ घर भई मोरङ विराटनगर महानगरपालिका४ बस्ने ३७ वर्षीय शेचन मानन्धर रहेका छन्।

प्रहरी चौकी गढीबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च १०६९ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक पछाडिको सिट मुनि ४ वटा प्लाष्टिकमा लुकाई छिपाई राखेको उक्त परिमाणको चाँदी फेला पारी चालक रोहितकुमार र कारमा सवार शेचनलाई पक्राउ गरेको हो।

उनीहरूलाई थप आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ।

भदौ १२, २०८० मंगलबार २१:४८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।