बदमासी राजा वीरेन्द्रको कि नेपाल ट्रष्टको !

बदमासी राजा वीरेन्द्रको कि नेपाल ट्रष्टको !

२००८ सालमा तत्कालीन राजा त्रिभुवन शाहले विद्यालयलाई दानमा दिएको जग्गा ४९ वर्ष फेरि उनका नाती वीरेन्द्र शाहले आफ्नो नाममा लगेको खुलेको छ।

त्रिभुवनले फर्पिङमा रहेको स्वर्गको बगैँचाले चर्चेको जग्गा विद्यालयलाई दान दिएका थिए। ९१ रोपनी १२ आना रहेको जग्गामा त्रिभुवन आदर्श आवासीय माध्यामिक विद्यालय खुलेको थियो।

दरबार हत्याकाण्डमा वीरेन्द्रको वंशनास भएपछि उनको नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गर्दै संरक्षणका लागि नेपाल ट्रस्ट गठन भएपछि एकाएक ट्रस्टले विद्यालयलाई सो जग्गा आफ्नो रहेको भन्दै पत्र पठाएपछि दानको जग्गा कसरी दरबारको नाममा फर्कियो भन्ने खोजी सुरू भएको थियो। तर, विद्यालय व्यवस्थापनमा संलग्नहरूले प्रमाण फेला पारेनन्।

उकेराको खोजमा त्रिभुवनले भव्य कार्यक्रम गरेर दान दिएको जग्गा उनको नाती वीरेन्द्र राजा भएपछि आफ्नो नाममा ल्याएर विद्यालयलाई मोही बनाएको खुलेको छ।

दान दिइसकेको जग्गा कसरी फर्कियो राजा वीरेन्द्रको नाममा ? उकेराको विशेष भिडियो रिपोर्ट :

१२ भदौ, २०८०, १९:१८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।