नेपालमा टिकटक ब्याण्ड गर्न माग गर्दै युवराज सफलले दिए सञ्चार मन्त्रालयमा निवेदन

नेपालमा टिकटक ब्याण्ड गर्न माग गर्दै युवराज सफलले दिए सञ्चार मन्त्रालयमा निवेदन

काठमाडौं : मोबाइल एप टिकटक ब्याण्ड गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन परेको छ। 

पछिल्लो समय टिकटकमै सक्रिय हुँदै आएर निरन्तर लाइभ बस्ने गरेका नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले निवेदन दिएका हुन्।

उनले टिकटक नेपालमा बिनाअनुमति चलिरहेको जिकिर गर्दै यसबाट छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लीलता र अपराध वृद्धि भएको बताएका छन्। 

उनले तत्कालको लागि टिकटक बन्द गर्न सञ्चारमन्त्री रेखा शर्मालाई आग्रह गरेका हुन्। उनले टिकटक चलाउनै परे पहिला नेपालमा संचालन अनुमति लिन लगाउनुपर्ने बताएका छन्। 

टिकटक संचालन मापदण्ड, आचारसंहिता लागु गराउने र फेक आइडीहरुलाई चल्न नदिने वातावरण बनाई टिकटलाई कानुनी दायरामा ल्याउन पनि माग गरेका छन्। 

टिकटकमा गेमको नाममा लाखौं करोडौंको कारोबार हुने गरेको बताउँदै गिफ्ट प्राप्त गर्नेहरुले कुनै राजस्व नतिरेको पनि दाबी गरेका छन्।

त्यसको समेत नियमन गरी विजेताले प्राप्त रकमको निश्चित प्रतिशत कर राज्यको ढुकुटीमा ल्याउन उनलआग्रह गरेका छन्।

भदौ १२, २०८० मंगलबार १७:५६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।