एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड काठमाडौं आईपुगे

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड काठमाडौं आईपुगे

काठमाडौं : अमेरिकी अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेतृत्वको टोली काठमाडौं आइपुगेको छ।

नेपालले एमसीसी कार्यान्वयनको थालनी गर्ने तयारी गरेसँगै अपाध्यक्ष अलफोर्ड नेपाल आएका हुन।

परियोजना यहि महिनाबाट कार्यान्वयन गर्ने भएकाले कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर गर्न अमेरिकी उच्च अधिकारीहरुको टोली नेपाल आएको बताइएको छ।

नेपाल र अमेरिकाबीच पाँच वर्षअघि एमसीसी कम्प्याक्टको एमओयू हस्ताक्षर भएको थियो। एमसीसी नेपाली संसदले अनुमोदन गरेको १८ महिनापछि कार्यान्वयनमा जान लागेको छ।

भदौ १२, २०८० मंगलबार १७:४३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।