सुरु भयो दशौं नेपाल भर्चुअल एजु फेयर

सुरु भयो दशौं नेपाल भर्चुअल एजु फेयर

काठमाडौं : नेपाल भर्चुअल एजुकेशन प्रालिले विगतमा जस्तै यस वर्ष पनि आजबाट नेपाल भर्चुअल एजु फेयर सुरु गरेको छ । 

स्नातक तहका व्यवस्थापन आई टी, इन्जिनियरिङ लगायतका विभिन्न विभागका प्रोग्रामहरु संचालन गरेका कलेजहरूले भर्चुअल  एजु फेयरमार्फत आफ्नो कलेजको प्रमोसन गर्ने अवसर पाएका छन्।

त्यस्तै, स्नातक तहमा पढ्ने तयारी गरेका प्लस टु पास भएका विद्यार्थीहरूले पढ्ने विषय र कलेजका बारेमा घरबाटै जानकारी दिन पाउने भएका छन्।

साथै, नेपाल एजु फेयरमा रजिस्ट्रेशन भएका विद्यार्थीहरूले विभिन्न कलेजहरूमा पूर्ण र आंशिक दुवै खालको छात्रवृत्ति समेत प्राप्त गर्न सक्ने अवसर रहेको कुरा नेपाल भर्चुअल एजु फेयर संचालकका एकेडेमिक हेड राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।

उनले विगतका वर्षहरूमा आर्थिक रूपमा विपन्न तर पढाइमा राम्रो गरेका जेहन्दार अनि विभिन्न क्षेत्र, जात र समुदायका सयौं विद्यार्थीहरूले एजु फेयरको सहयोगवाट छात्र वृत्ति पाइरहेको पनि स्मरण गराएका छन्।

भदौ १२, २०८० मंगलबार १७:३३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।