आइएमई पे र कान्तिपुर सिनेमास् बिच भुक्तानी साझेदारका लागि सम्झौता

आइएमई पे र कान्तिपुर सिनेमास् बिच भुक्तानी साझेदारका लागि सम्झौता

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले कान्तिपुर सिनेमास्सँग एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ। 

यो सम्झौता अन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ।

कान्तिपुर सिनेमास् एक ओटीटी प्लेटफर्म हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरुलाई सेवा प्रदान गरिन्छ। 

आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका छन्।

आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धिधत सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धिधत ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

भदौ १२, २०८० मंगलबार १७:२६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।