समाजवादी मोर्चालाई कमजोर नठान्न प्रधानमन्त्री प्रचण्डको चेतावनी

समाजवादी मोर्चालाई कमजोर नठान्न प्रधानमन्त्री प्रचण्डको चेतावनी

बुटवल : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई कमजोर नठान्न चेतावनी दिएका छन्। 

बुटवलमा मँगलबार आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै विशाल शक्ति निर्माणका लागि मोर्चालाई सडकमा लगेर ठूलो जनमत तयार पार्ने बताउँदै कसैले पनि मोर्चालाई कमजोर नठान्नु चेतावनी दिए।

मोर्चालाई हर हालतमा बदनाम गर्ने, फुटाउने कमजोर बनाउने षड्यन्त्र भैरहेको बताउँदै उनले मोर्चालाई अझ बलियो बनाउन पूर्व माओवादीहरुलाई एक हुन आह्वान समेत गरे। 

मोर्चा घोषणाले मात्रै नपुग्ने बताउँदै उनले परिवर्तनलाई उल्ट्याउने दुस्साहस भैरहेको बताए।

‘हामीमाथि मुद्दा हाल्ने कोसिस भयो, सरकारमा गएको बेला मलाई नै २ वटा मुद्दा लगाउने काम भयो। हामी एकतावद्ध भएनौ भने स्थिती बडो गम्भीर आउन सक्छ।’, उनले भने।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले एमसीसीमा राखेका अनुचित स्वार्थ मान्न नसकिने बताएका छन्।

साथै उनले त्यस्ता अनुचित स्वार्थ लाग्ने विषय भएमा जनताले आफुहरुलाई भन्न आग्रह समेत गरे। 

‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्विकार्नु हुँदैन। एमसीसीलाई आइपीएससँग जोड्ने कुरा हामी स्विकार्दैनौ’, उनले भने।

नेपालका कुनैपनि देश शत्रु नभएको भन्दै नेपालको संसद्ले व्याख्यात्मक टिप्पणी मार्फत एमसीसी पास गरेको र त्यसमा नेपाल कुनैपनि सैनिक गठबन्धनमा जान नसक्ने उल्लेख गरिएको नेता नेपालले बताए।

त्यस्तै नेकपा महासचिव नेत्रविक्रम (विप्लव) सीले एससीसीका नाममा नेपाल लुट्न नपाइने बताए।

‘नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौ, नेपाललाई निस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिदैन’ उनले भने।

साथै उनले एमसीसी अगाडि बढाउन नहुने भन्दै प्रधानमन्त्री ध्यानाआर्कषण समेत गराए।

त्यस्तै उनले समाजवादी मोर्चाप्रति चोतर्फी घेराबन्दी भएको बताए । एक ठाउँमा उभिएको समाजवादी मोर्चालाई कुनै पनि हालतमा कमजोर बनाउने खेल भैरहेको बताउँदै उनले त्यो सपना पूरा नहुने बताए।

समाजबादी मोर्चा लुम्बिनी समिति गठन

माजवादी मोर्चाको लुम्बिनी प्रदेशमा समिति घोषणा गरिएको छ। मोर्चामा आबद्ध दलका ३÷३ जना नेताहरू सदस्य रहने गरी समन्वय कमिटी गठन गरिएको हो। 

मोर्चामा माओवादी केन्द्रका तर्फबाट लुम्बिनी अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गा बहादुर थारु र सचिव कृष्ण अधिकारी सदस्यका रूपमा चयन भएका छन। 

यस्तै, एकीकृत समाजवादीको तर्फबाट पोलिटब्युरो सदस्य सोम पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी रहेका छन। 

जसपाबाट नवीन कुमार सुनुवार, मनिकर कार्की र अशोक यादव रहेका छन् भने नेकपाबाट वसन्त, नारायण र सम्झना मोर्चामा कमिटीमा समावेश भएका छन।

भदौ १२, २०८० मंगलबार १७:१८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।