‘प्रधानमन्त्रीको छोरीलाई हरेक शिर्ष तहको बैठकमा बस्ने अधिकार कसले दियो?’

‘प्रधानमन्त्रीको छोरीलाई हरेक शिर्ष तहको बैठकमा बस्ने अधिकार कसले दियो?’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहाल राज्यका शिर्ष तहका हरेक बैठकमा सहभागि हुने अधिकार कसले दियो भन्दै संसद्मा नै प्रश्न उठेको छ। 

देशको प्रधानमन्त्रीले छोरीलाई राज्यका हरेक शिर्ष तहका बैठकमा सहभागी गराएर गणतन्त्र नै खतरामा पारेको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रश्न उठाएका हुन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सिंहले प्रधानमन्त्रीकी छोरी र पूर्वप्रधानमन्त्रीको श्रीमती कुन हैसियतमा राज्यका उच्च तहका बैठकमा बसिरहेका हुन् भनेर प्रश्न गरेका हुन्। 

‘जनताको तन्त्र हो गणतन्त्र तर नेताको शासन कसरी भयो ? नेताको छोरीले अथवा प्रधानमन्त्रीको छोरीले कहाँबाट त्यो अधिकार पाउँछ हरेक बैठकमा बस्ने ? म प्रश्न गर्न चाहन्छु हामीले कस्तो व्यवस्था गरेका छौं ? कुनै पूर्वप्रधानमन्त्रीको श्रीमती कसरी हरेक बैठकमा बस्न पाउँछन् ?,’ उनले भने । 

यसअघि, प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा छोरी गंगालाई ‘फस्ट लेडी’ बनाएर लगेको भन्दै प्रश्न उठेको थियो।

भदौ १२, २०८० मंगलबार १६:०५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।