ऊर्जामा भएको  १३ खर्ब लगानीको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री श्रेष्ठ

ऊर्जामा भएको  १३ खर्ब लगानीको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको १३ खर्ब लगानीको सुरक्षा सरकारले गर्ने बताएका छन्।

गृह मन्त्रालयमा मङ्गलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका पदाधिकारीसँगको भेटमा उनले ऊर्जा क्षेत्रमा  भएको उक्त लगानीको सुरक्षा ग्यारेन्टी सरकारले गर्ने बताए।

सरकारको पहिलो लक्ष्य सुशासनको प्रत्याभूति दिलाउने रहेको समेत उनले बताए।  

भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले अहिले ऊर्जाका परियोजना निर्माण गर्दा स्थानीयको अवरोधले काम गर्ने वातावरण नबनेको उल्लेख गर्दै परियोजनास्थलमा सुरक्षा पोस्ट राखिदिन आग्रह गरेका थिए।

विस्फोटक पदार्थको सहज आपूर्तिका लागि पनि गृह मन्त्रालयबाट आवश्यक सहजीकरण गरिदिन उनले आग्रह गरे। 

भदौ १२, २०८० मंगलबार १५:३०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।