शेयर बजारमा गिरावट कायमै, झन्–झन् घट्दै कारोबार रकम

शेयर बजारमा गिरावट कायमै, झन्–झन् घट्दै कारोबार रकम

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा गिरावट कायमै छ।

सोमबार गिरावट आएको बजारमा मंगलबार पनि ५.०५ अंकले गिरावट आएर नेप्से १९९३.४२ विन्दुमा छ। यस्तै सेन्सेटिभ इन्डेक्समा पनि झिनो अंक (०.७१)ले गिरावट आएर ३८२.८५ विन्दुमा झरेको छ।

कारोबार उपसूचकहरूको कुरा गर्दा यसदिन लगानी समूह ०.१२ प्रतिशत, म्युचल फन्ड ०.२५, निर्जीवन बीमा ०.०५ प्रतिशत र व्यापार ०.०३२ प्रतिशतले बढ्दा बाँकी सबै समूह राताम्मे भए।

लगातार बजार घट्दा त्यसको प्रत्यक्ष प्रभाव कारोबार रकममा देखिएको छ। सोमबार झण्डै १ अर्बको कारोबार भएको बजारमा मंगलबार भने २७८ कम्पनीका ४० लाख ६ हजार ७३९ कित्ता शेयर ८६ करोड ५१ लाख २० हजार रुपैयाँको कारोबार भयो।

कारोबारका हिसाबले माछापुच्छ्रे बैंकले सबैभन्दा बढी ३ करोड ६२ लाखको कारोबार गर्यो। दोस्रोमा रहेको आइएमई लाइफ इन्स्योरेन्सले ३ करोड २४ लाखको मात्रै कारोबार गर्यो।

मंगलबार दुई कम्पनी कुथेली बुखारी लघु जलद्यिुत् र ग्लोबल आइएमई ब्यालेन्स फन्ड १ ले १० प्रतिशतले कमाइ गर्दै सर्किन हान्यो।

भदौ १२, २०८० मंगलबार १५:२०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।