तीन दिनमै लगानी उठाएर फाइदामा ‘ड्रिम गर्ल २’
काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘ड्रिम गर्ल २’ले चार दिनमा राम्रै कमाइ गरेको छ।
सानो लगानीमा बनेको फिल्मले लगानी सुरक्षित गर्दै नाफाको व्यापार गर्दैछ।फिल्मले तीन दिनमा लगानी सुरक्षित गरेको भारतीय फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले बताए।
उनका अनुसार फिल्म पहिलो दिन अर्थात् शुक्रबार १० करोढ ६९ लाख, शनिबार १४ करोड २ लाख, आइतबार १६ करोड र सोमबार ५ करोड ४२ लाखको कमाइ गरेको हो। यसरी फिल्मले चार दिनमा ४६ करोड १३ लाख रुपैयाँ कमाएको छ।
३५ करोडमा बनेको फिल्ममा आयुष्मान खुराना, अनन्या पाण्डे, परेश रावल, अन्नु कपूर, विजय राज, राजपाल यादव, मनोज जोशी लगायतका कलाकारको मुख्य भूमिका छ। राज शान्दिल्याको निर्देशन रहेको फिल्मलाई एकता कपूर र शोभा कपूरले निर्माण गरेका हुन्।
सन् २०१९ मा प्रदर्शनमा आएको फिल्म ‘ड्रिम गर्ल’को सफलतापछि सोही टिमले सिक्वेल बनाएको हो। २८ करोडका बजेटमा बनेको उक्त फिल्मले बक्स अफिसमा २०० करोडभन्दा बढीको कमाइ गरेको थियो।
भदौ १२, २०८० मंगलबार १५:०३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।