इन्टरपोलको सहयोगमा सुन तस्करीको स्थानीय कनेक्सन खोज्न सीआईबीका एसएसपी आचार्य हङकङ जाने

इन्टरपोलको सहयोगमा सुन तस्करीको स्थानीय कनेक्सन खोज्न सीआईबीका एसएसपी आचार्य हङकङ जाने

काठमाडौं : साउन ३ गते बरामद भएको तस्करीको साढे ६० केजी सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अधिकारी हङकङ जाने भएका छन्।

नेपाल प्रहरीले सीआईबीका एसएसपी दिनेश आचार्यलाई हङकङ पठाउन लागेको जानकारी दिएको छ।

आचार्यले हङकङमा इन्टरपोलको सहयोगमा सुन तस्करीको स्थानीय कनेक्सन खोज्ने भएका छन्।

आचार्यले हङकङको प्रहरीको पनि सहयोग लिएर सुन तस्करीको अनुसन्धानलाई अघि बढाउने सिआईबीले जानकारी दिएको छ।

गत साउन ३ गते त्रिभुवन विमानस्थलबाट राजस्व अनुसन्धान विभागले उक्त सुन बरामद गरेको थियो।

सुरूमा विभागले गरेको अनुसन्धान सरकारको निर्णयमा अहिले सीआईबीले अघि बढाइरहेको छ।

यो प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुग्दै गर्दा सीआईबीका अधिकारीलाई हङकङ पठाउन लागिएको हो।

भदौ १२, २०८० मंगलबार १४:४९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।