बेनी-जोमसोम सडकको दश स्थानमा पहिरोको जोखिम, अध्ययनबिना बाटो बनाएकाले समस्या

बेनी-जोमसोम सडकको दश स्थानमा पहिरोको जोखिम, अध्ययनबिना बाटो बनाएकाले समस्या

म्याग्दी : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डमा १० स्थानमा ठूलो पहिरोको जोखिम रहेको अध्ययनले देखाएको छ।

म्याग्दीको बेनीबाट मुस्ताङको घाँससम्मको ४० किलोमिटर दूरीको सडक पहिरोबाट प्रभावित छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बेनी–घाँसा खण्डका पहिरोको विस्तृत अध्ययन थालिएको जानकारी दिए।

सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यही अनुरूप डिपिआर निर्माण नगरिएकाले अहिले समस्या आएको उनले बताए।

बेनी–जोमसोम–कोरोला सडकको सर्भे, डिजाइन गर्दादेखि ठेक्का भई सडक निर्माण भइरहँदा कतै पनि पहिरोको अवस्था अध्ययन गरिएको थिएन। करिडोरको म्याग्दी खण्डको सडकको अधिकांश भागमा पहिरोको जोखिम छ। 

भदौ १२, २०८० मंगलबार १३:४४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।