उर्लाबारीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा डाक्टरको मृत्यु

उर्लाबारीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा डाक्टरको मृत्यु

झापा : मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल विर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको मंगलबार बिहान मृत्यु भएको छ।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनको आज बिहान पूर्व–पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिप्परको ठक्करबाट मृत्यु भएको हो। 

डा. यादव सवार प्र १–०२–०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र–३–००१ क ००९५ नं को टिप्परले ठक्कर दिंदा घाइते भएको उनको मङ्गलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने टिप्पर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

एमबीबीएस डा. यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए। उनी घर पुगेर हस्पिटलको ड्यिुटीमा फर्कने क्रममा दुर्घटनामा परेका हुन्।

भदौ १२, २०८० मंगलबार १३:३२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।