अनुसन्धानमा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैन, मेरो पार्टीको नेताको त के कुरा : प्रचण्ड

अनुसन्धानमा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैन, मेरो पार्टीको नेताको त के कुरा : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक नभएको बताएका छन्।

मंगलबार संसद्मा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’को क्रममा उनले भुटानी शरणार्थी प्रकरण लगायतका सबै घटनामा सरकारले दबाब रहित कदम चालेकाले जनतामा आशा पलाएको र अब अदालतबाट उचित फैसला हुने बताए।

रास्वपाका सांसद असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले भने, ‘कसैलाई पनि बचाउने र कसैलाई पनि अप्ठ्यारो पार्ने नियतले कुनै पनि काम गरिएको छैन। मैले दोषी कोही पनि नछुटोस् र निर्दोषी कोही पनि नपरोस् भन्ने सिद्धान्त अनुसार नै प्रहरी प्रशासनलाई निर्देशन दिएको छु।’

‘मैले यतिसम्म पनि भनेको छु कि यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैन। मेरो पार्टीको नेताको त के कुरा,’ उनले थपे।

शाहले भारतले चन्द्रयानलाई कसरी अन्तरिक्षमा सफल अवतरण गराउने भनेर सोचिरहँदा हाम्रो नेतृत्व भने कसरी आफ्नो ‘एस म्यान’लाई बचाउने र मुद्दा कमजोर बनाएर कसरी सफल अवतरण गराउनेमा तल्लीन हुनु अत्यन्त दुखद भएको बताएका थिए

भदौ १२, २०८० मंगलबार १२:३७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।