प्रचण्डलाई रास्वपा सांसद शाहको प्रश्न : कुर्सी बचाउन राजनीतिक दाउपेच गर्नुभन्दा जनताको मन जित्ने काम गरे हुँदैन?

प्रचण्डलाई रास्वपा सांसद शाहको प्रश्न : कुर्सी बचाउन राजनीतिक दाउपेच गर्नुभन्दा जनताको मन जित्ने काम गरे हुँदैन?

काठमाडौं : रास्वपाका सांसद असिम शाहले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कुर्सी बचाउन राजनीतिक दाउपेच गर्नुभन्दा जनताको मन जित्ने काम गरे हुँदैन भनेर प्रश्न गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा उनले भारतले चन्द्रयानलाई कसरी अन्तरिक्षमा सफल अवतरण गराउने भनेर सोचिरहँदा हाम्रो नेतृत्व भने कसरी आफ्नो ‘एस म्यान’लाई बचाउने र मुद्दा कमजोर बनाएर कसरी सफल अवतरण गराउनेमा तल्लीन हुनु अत्यन्त दुखद भएको बताए।

‘यही रोष्टमबाट केही समय अगाडि भुटानी शरणार्थी प्रकरणमा यो त ट्रेलर हो, फिल्म गजब आउँछ भन्नुभएको थियो। तर जे आयो टालटुले आयो,’ उनले भने ‘भुटानी शरणार्थीको फाइल खोलेर नेपाली कांग्रेसलाई साइजमा राख्नु भो। ललिता निवास मार्फत समाजवादीलाई साइजमा र गौर हत्या काण्ड मार्फत जसपलाई। अब गिरी बन्धुमार्फत एमालेलाई साइजमा राख्न ट्राइ गर्दै हुनु हुन्छ।’

‘आफ्नो कुर्सी बलियो बनाउन यो राजनीतिक दाउपेच नगरेर कामले जनताको मन जितेर आफ्नो प्रधानमन्त्रित्वको आयु लामो बनाउन सकिंदैन?’ उनले सोधे।

भदौ १२, २०८० मंगलबार १२:१८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।