नवलपरासीमा ट्रक पल्टिँदा १७ भैँसी मरे

नवलपरासीमा ट्रक पल्टिँदा १७ भैँसी मरे

काठमाडौं : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा बोकेको ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन्। 

कपिलवस्तुको बहादुरगञ्जबाट काठमाडौँको आउँदै गरेको ना ४ ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परी पल्टिँदा ट्रकमा लोड गरिएका ३६ वटा भैँसी र पाडामध्ये १७ वटा भैँसी र पाडा मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए।

दुर्घटनामा मानवीय क्षति नभएको र ट्रकमा रहेका १९ वटा भैँसी/पाडा जीवितै रहेको उनले बताए। 

मरेका भैँसी र पाडाको व्यवस्थापन गर्नेतर्फ स्थानीय निकायसँग समन्वय भइरहेको उनको भनाइ छ।

भदौ १२, २०८० मंगलबार १२:१३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।