उपचारत बालिकाको मृत्यु भएपछि गुल्मी अस्पताल तनावग्रस्त

उपचारत बालिकाको मृत्यु भएपछि गुल्मी अस्पताल तनावग्रस्त

गुल्मी : उपचारत एक जना बालिकाको मृत्यु भएपछि गुल्मी अस्पताल तनावग्रस्त भएको छ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–७ काउलेकी ७ वर्र्षीया प्रशंसा मरासिनीको मंगलवार बिहान मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको हो।

आफन्तले अस्पतालको चरम लाहापरवाहीको कारणले मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका छन्।

सामान्य पेट दुखेर अस्पताल ल्याइएकी बालिकाले दिउँसो बान्ता गरेपछि अस्पतालमा भर्ना गरिएको बिरामीका आफन्तले बताएका छन्। 

बालिकाको के कारणले मृत्यु भएको हो भन्ने बारेमा कारण पत्ता लागेको छैन्।

बिरामीका आफन्तले अस्पतालकाको कम्जोरीका कारणले मृत्यु भएकाले भन्दै मृत्युको कारणको माग गरेका छन्। बिरामीको मृत्युको कारण पत्ता नलागेको उपचारमा खटिएका चिकित्सको भनाई छ।

अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले बालिकालाई बान्ता भएर भर्ना गरेपनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताए।

अस्पतालले लाहावपरवाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन्।

अस्पतालमा तनावग्रस्त भइसकेपछि अहिले अस्पताल प्रशासन र बिरामीका आफन्त बिच छलफल भइरहेको छ।

भदौ १२, २०८० मंगलबार १२:०२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।