सामाजिक एकता, सद्भाव र सहअस्तित्वमा खलल पुर्‍याउने कार्य हुन दिइँदैन : प्रधानमन्त्री

सामाजिक एकता, सद्भाव र सहअस्तित्वमा खलल पुर्‍याउने कार्य हुन दिइँदैन :  प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विधिको शासनमा पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिने क्रममा उनले सामाजिकस्तत्वमा एकता, सद्भाव र  समाजिक सहअस्तित्वमा खलल पुर्याउने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार दृढ रहेको उल्लेख गरे। 

‘सामाजिक एकता, सद्भाव र समाजिक सहअस्तित्वमा खलल पु¥याउने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार दृढ छ,’ उनले भने।

उनले पहिचानका कुरा गर्दा कसैको आस्थामाथि कुनै विभेद नगर्ने समेत बताए। 

भदौ १२, २०८० मंगलबार ११:४५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।