इराकमा तीन सय भन्दा बढीको ज्यान जाने गरी भएको विस्फोटमा संलग्न तीन जनालाई फाँसी

इराकमा तीन सय भन्दा बढीको ज्यान जाने गरी भएको विस्फोटमा संलग्न तीन जनालाई फाँसी

एजेन्सी : इराकको राजधानी बग्दादमा सन् २०१६ मा तीन सय जनाभन्दा धेरैको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा संलग्न रहेको ठहरसहित तीन जनालाई फाँसी दिइएको छ।

प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीको कार्यालयले फाँसी दिइएकाहरूको थप विवरण उल्लेख गरेको छैन। 

उनीहरूलाई आइतवार र सोमवार फाँसी दिइएको हुन सक्ने अनुमान छ। द इस्लामिक स्टेट ग्रुप ले यो आक्रमण आफूले गरेको जनाएको थियो।

आक्रमणका मुख्य योजनाकार मानिएका गजवान अल–जावबाई सन् २०२१ मा पक्राउ परेका थिए। 

फाँसी दिइएकामध्ये उनी एक हुनसक्ने अनुमान गरिएको  बीबीसीले जनाएको छ। 

सन् २०१६ को जुलाई ३ तारिखमा कर्राडामा घटना भएको थियो।
 

भदौ १२, २०८० मंगलबार ११:२७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।