भ्रष्टाचारविरूद्धको अभियानमा हामीविरूद्ध नै घेराबन्दी छ, तर यो रोकिनेवाला छैन : प्रचण्ड

भ्रष्टाचारविरूद्धको अभियानमा हामीविरूद्ध नै घेराबन्दी छ, तर यो रोकिनेवाला छैन : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीलाई रुपान्तरण गरेर मात्रै देश रुपान्तरणको आधार तयार पार्न सकिने बताए। 

माओवादीको उपत्यका विशेष प्रदेश समितिले मंगलबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार विरुद्धको अभियान थप तीव्र भएर जाने बताए।

‘नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ। यो यहीं रोकिनेवाला छैन,’ उनले भने, ‘भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जान्छ। हामीविरूद्ध घेराबन्दी छ, अनेकौं कुप्रचार छ। तर, हामी दृढताका साथ नै अघि बढ्छौं।’

प्रचण्डले मुलुकको समृद्धिका लागि गुणात्मक विकासको लागि विकासको मोडल फेर्नुपर्ने बताए।

भदौ १२, २०८० मंगलबार ११:२३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।