कोशीमा सभामुख र मन्त्री हाम्रो प्राथमिकतामा छैन​​​​​​​, चाहेमा मुख्यमन्त्री नै पाउँछौं : लिङ्देन

कोशीमा सभामुख र मन्त्री हाम्रो प्राथमिकतामा छैन​​​​​​​, चाहेमा मुख्यमन्त्री नै पाउँछौं : लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा अहिले आफूहरूले चाहेमा सत्ता गठबन्धनबाट मुख्यमन्त्री नै पाउने बताएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले मुख्यमन्त्री दिंदा समेत नलिएको बताए। 

उनले भने, ‘कोशीमा सभामुख त्यसै फालाफाल छ। सबैलाई थाहा छ। सभामुख लिनका लागि कसैसँग सौदा गर्नै पर्दैन। कुनै सर्त राख्नै पर्दैन।’

‘त्यसकारण सभामुख र मन्त्री हाम्रो लागि त्यहाँ प्राथमिकताको विषय होइन। हामीले अहिले चाहेमा भने सत्ता पक्षीय गठबन्धनबाट मुख्यमन्त्री नै पाउने गणितीय अवस्था छ,’ उनले थपे।

साथै उनले कोशीमा सत्ता गठबन्धनलाई सघाउने सहमति पनि नभएको स्पष्ट पारे।

भदौ १२, २०८० मंगलबार ११:०४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।