अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी रोक्न देशभरका पालिकाहरुलाई परिपत्र

अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी रोक्न देशभरका पालिकाहरुलाई परिपत्र

काठमाडौं : चाडपर्व नजिकिँदै गर्दा सरकारले बजार अनुगमनलाई तीव्र बनाउन लागेको छ। 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाउन सोमबार देशभरका स्थानिय तहरुलाई परिपत्र गरेको छ।

बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी रोक्न ७ सय ५३ वटै पालिकाहरुलाई परिपत्र गरेको हो। 

आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सङ्घीय मामिला मन्त्रालयलाई बजार अनुगमनका लागि पालिकालाई जानकारी दिन परिपत्र गरेपछि परिपत्र गरिएको हो।

कतिपय कम्पनी तथा बिक्री कक्ष र वितरकहरुले इजाजतपत्र नलिइ प्रत्यक्ष बिक्री वा वितरणको काम भइरहेको गुनासो विभागमा आएकाले तीनै तहका सरकारहरु र कानुनद्वारा अधिकारप्राप्त सबै संयन्त्र एवम् सरोकारवाला निकायहरु सतर्क हुनुपर्ने अवस्था देखिएको पत्रमा उल्लेख छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३२ बमोजिम स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निरीक्षण अधिकृत तोकिएको छ। 

भदौ १२, २०८० मंगलबार ११:०३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।