समाजवादी मोर्चाले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय सन्देश सभा आयोजना गर्दै

समाजवादी मोर्चाले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय सन्देश सभा आयोजना गर्दै

बुटवल : समाजवादी मोर्चाले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय सन्देश सभा आयोजना गर्दै छ।

सातै प्रदेशमा सन्देश सभा गर्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार मोर्चाले आज लुम्बिनी प्रदेशमा सभा गर्न लागेको हो।

दिउँसो १ बजेबाट बुटवलको अन्तर्राष्ट्रिय सभा हलमा सुरु हुने सभामा सम्बोधन गर्न मोर्चाका शिर्ष नेताहरु बुटवल आउँदैछन्।

सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिवनेत्रविक्रम चन्द ‘विप्लव’ र जसपाका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर साहले सम्बोधन गर्ने कार्यक्रम छ।

अहिले कार्यक्रम स्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती छ। सडक र चोकमा पनि प्रहरीहरु परिचालन गरिएको छ। 

बुटवलको सभाको व्यवस्थापनको जिम्मा विप्लव नेतृत्वको नेकपाले गरेको छ। सभाहल परिसर सजाइएको छ।

सभामा चार पार्टीका लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुबाट अगुवा कार्यकर्तासहित आम जनताको सहभागिता रहने कार्यक्रमका प्रचार प्रसार संयोजक मनिकर कार्कीले बताए।

मोर्चाको केन्द्रीय कार्ययोजना अनुरुप सातै प्रदेशहरुमा मोर्चाको प्रदेश समिति घोषणा र सन्देश सभा गर्ने कार्यक्रम अनुरुप बुटवलमा कार्यक्रम हुन लागेको हो।

भदौ १२, २०८० मंगलबार १०:४४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।