अझै भेटिएनन् ब्यारेकबाटै बेपत्ता भएका नेपाली सेनाका मेजर

अझै भेटिएनन् ब्यारेकबाटै बेपत्ता भएका नेपाली सेनाका मेजर

काठमाडौं : आइतबार साँझदेखि सम्पर्कविहीन डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका मेजर विमल पण्डित अझै भेटिएका छैनन्। 

मंगलबार बिहानसम्म उनी नभेटिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। 

उनकाअनुसार दुनैबाट पण्डितले त्रिपुराकोटका लागि गाडी रिजर्भ गरेको खुलेको छ। त्यसपछि भने उनको मोबाइल सम्पर्क टुटेको उनले बताए।  पण्डितको खोजी जारी छ। 

उनि आइतबार अपराह्न इभिइनिङ वाकमा जाने भन्दै ब्यारेकबाट निस्किएका थिए। 

उनले आफ्ना सुरक्षा गार्डलाई आफूसँग बीचबाटै फर्काइदिएका थिए। त्यसपछि उनले त्रिपुराकोटसम्मका लागि गाडी रिजर्भ गरेका थिए। 

भदौ १२, २०८० मंगलबार १०:१४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।