एकै खेलमा एथ्लेटिको मड्रिडका ६ खेलाडीको गोल
एजेन्सी : एथ्लेटिको मड्रिडले स्पेनिस लिगमा रायो भाल्कानोलाई ७-० गोलको फराकिलो अन्तरले हराएको छ। गयराति भएको खेलमा पाहुना टोली एथ्लेटिकोले भाल्कानोविरुद्ध उसकै घरेलु मैदानमा गोलको वर्षा गर्यो।
एकै खेलमा एथ्लेटिको मड्रिडका ६ खेलाडीले गोल गरेका थिए। पहिलो हाफमा ३ गोल गरेको एथ्लेटिकोले दोस्रो हाफमा ४ गोल गरेको थियो। खेलमा सबस्टिच्युट खेलाडीले नै ४ गोल गरेका थिए।
पहिलो हाफमा एन्टोनी ग्रिजम्यान, मेफिस डिपे र लुकेरोले एक एक गोल गरेका थिए। यसपछि दोस्रो हाफमा अल्भारो मोराटाले दुई तथा लोरेन्ट र कोरेराले एक एक गोलको योगदान दिए।
जितपछि ३ खेलबाट ७ अंकसहित एथ्लेटिको लिगको दोस्रो स्थानमा उक्लिएको छ।
भदौ १२, २०८० मंगलबार ०९:१२:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।