आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं : आज (मंगलबार) देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भदौ १२, २०८० मंगलबार ०७:०४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।