ट्याक्सी चालकले भेटेको १० हजार र चाँदीको गहना हस्तान्तरण

ट्याक्सी चालकले भेटेको १० हजार र चाँदीको गहना हस्तान्तरण

काठमाडौं : ट्याक्सी चाकलले भेटेको १० हजार रुपैयाँ र चाँदीको गहना सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक प्रहरीको रोहवरमा ट्याक्सी चालकले सम्बन्धित धनीलाई रकम र गहना हस्तान्तरण गरेका हुन्।

भदौ ३ गते ठमेलको सञ्चय कोष कार्यालय अगाडि सडकमा यात्रा गर्ने क्रममा रकम र गहना हराएको भनि रञ्जित बरालले दिएको उजुरीको आधार प्रहरीले अनुसन्धान थालेको थियो।

सीसीटीभी फुटेज हेर्दा उक्त रकम र गहना बा १ ज ९८७ नम्बरको ट्याक्सी चालकले लिएको थाहा पाएपछि प्रहरीले उनलाई कार्यालयमा बोलाएको थियो।

प्रहरीले उक्त रकम र गहना सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गर्न लगाएको हो।

भदौ ११, २०८० सोमबार १९:१०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।