भदौ १५ गतेदेखि ‘शाओमी प्याड ६’ नेपाली बजारमा, मूल्य कति?

भदौ १५ गतेदेखि ‘शाओमी प्याड ६’ नेपाली बजारमा, मूल्य कति?

काठमाडौं : आफूलाई ग्लोबल टेक्नोलोजी लिडर दाबी गर्दै आएको शाओमीले ‘शाओमी प्याड ६’ नेपाली बजारमा ल्याउने भएको छ।

सोमबार एक कार्यक्रमका बीच कम्पनीले ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको ‘शाओमी प्याड ६’ नेपाली बजारमा ल्याउन लागेको जानकारी गराएको हो।

भदौ १५ गतेबाट बजारमा उपलब्ध हुने यो फोन ११ भदौ देखि १४ भदौसम्म दराजमा प्रि–बुकिङको लागि उपलब्ध हुनेछ। शाओमी प्याड ६ नेपालमा मिस्ट ब्लू र ग्रेफाइट ग्रे गरी दुई रंगहरूमा दुईवटा स्टोरेज भेरियन्टहरूमा उपलब्ध हुनेछः  ६+१२८ जीबी र ८+२५६ जीबी।

४९० ग्राम तौल र ६.५१ मिलिमिटर चौडाइ भएको यो प्याड एकदमै हलुका छ। आईपी ५३ रेटेड भएकोले यसले कुनै पनि समस्याविना केहि मात्रामा पानी र धुलो पनि ह्यान्डल गर्नसक्ने कम्पनीको दाबी छ।

इमेल र कल जस्ता कामका लागि प्रयोग गर्न सकिने ट्याब्लेट खोजिरहेका व्यक्तिहरूका लागि शाओमी प्याड ६ एउटा कम्प्याक्ट अल–इन–वान सोल्युशन भएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले बताए।

उनका अनुसार शाओमीले प्याड ६ सँगै शाओमी प्याड ६ किबोर्ड र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेशन पनि रिलिज गर्ने तयारी गरेको छ।

नेपाली बजारमा शाओमी प्याड ६ सार्वजनिकबारे बोल्दै मनस्वीले बजारमा ल्याउन पाउँदा एकदमै उत्साहित भएको बताए। आकर्षक डिजाइन र शक्तिशाली पफर्मेन्सका कारण यसलाई सबैले मन पराउने उनको विश्वास छ।

नेपालमा  शाओमी प्याड ६ को ६+१२८ जीबी भेरियन्टको मूल्य ३९ हजार ९९९ रुपैयाँ र ८+२५६ जीबी भेरियन्टको मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकिएको छ।

साथै, शाओमी प्याड ६ किबोर्डको मूल्य ८ हजार ४९९ रुपैयाँ र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसनको मूल्य ९ हजार ९९९ रुपैयाँ छ।

भदौ ११, २०८० सोमबार १८:१७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।