नयाँ विधान कार्यान्वयन प्रमुख काम : कार्यवाहक अध्यक्ष श्रेष्ठ

नयाँ विधान कार्यान्वयन प्रमुख काम : कार्यवाहक अध्यक्ष श्रेष्ठ

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टीको नयाँ विधान कार्यान्वयन जसपाको अहिलेको प्रमुख कार्यभार रहेको बताएका छन्।

पार्टीको गण्डकी प्रदेश समितिले आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सांगठनिक कार्यलाई तीव्रता दिई विधान कार्यान्वयनमा लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

त्यस्तै पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले ३ महिने पार्टी विस्तार तथा सुदृढिकरण अभियानलाई परिणाममुखी बनाउन सबै जुट्नुपर्ने बताए।

पार्टीको गण्डकी प्रदेश समितिको इन्चार्ज समेत रहेका थापाले पार्टी निर्माणमा इमान्दारीपूर्वक नेता, कार्यकर्ताहरूलाई लाग्नुपर्ने कुरामा जोड दिए।

उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी करिब ५ दर्जन नेता, कार्यकर्ताहरू जसपा प्रवेश गरेका थिए।

भदौ ११, २०८० सोमबार १७:४९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।