गौर हत्याकाण्डका पीडितले न्याय नपाए हेग जाने प्रभु साहको चेतावनी

गौर हत्याकाण्डका पीडितले न्याय नपाए हेग जाने प्रभु साहको चेतावनी

काठमाडौं : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका पीडितहरूले नेपालमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत (हेग) जाने चेतावनी दिएका छन्। 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष साहले गौर हत्याकाण्डका दोषीमाथि कारबाही नभए न्यायका लागि पीडितहरूलाई लिएर हेग जाने चेतावनी दिएका हुन्। 

उनले पीडित संघर्ष समितिसँग भएको पाँचबुँदे सहमतिबाट सरकार पछि हटेको आरोप लगाए। 

‘गौर हत्याकाण्डका पीडितहरूसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हट्यो,’ उनले भने, ‘अब पनि सरकारले कारबाही नगरे पीडितहरू चुप लागेर बस्दैनन्। हाम्रो पार्टी चुप लागेर बस्दैन।’

अध्यक्ष साहले दोषीमाथि कारबाही नभए आफूहरू चुप लागेर नबस्ने पनि बताए। 

१७ वर्ष पहिले नै गौर हत्याकाण्डमा पीडितहरूले जाहेरी दर्ता गराएको उनले बताए। तर, सरकारले त्यसपछि उक्त घटनाबारे छानबिनसमेत नगरेको अध्यक्ष साहले बताए।
 

भदौ ११, २०८० सोमबार १६:१४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।