एसिया कपलाई स्मरणीय बनाऔं : कप्तान पौडेल

एसिया कपलाई स्मरणीय बनाऔं : कप्तान पौडेल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कपका खेलहरूलाई स्मरणीय बनाउन आग्रह गरेका छन्।

पाकिस्तानसँगकाे खेलको दुई दिनअघि सामाजिक सञ्जालमार्फत सन्देश दिँदै कप्तान रोहितले एसिया कपका खेलहरूलाई स्मरणीय बनाउन आग्रह गरेका हुन्।

उनले सपनाहरूलाई पछ्याउँदै चुनौती सामना गर्न निस्किएको भन्दै लेखेका छन्, ‘ब्याटको प्रत्येक स्ट्रोक, प्रत्येक क्याच र मैदानमा प्रत्येक क्षण हाम्रो लक्ष्यको एक कदम नजिक हुनेछ।’

समर्पण, टोली भावना र समर्थनको अटल साथ  बोकेर अघि बढ्ने भन्दै उनले भनेका छन्,  ‘यो खेललाई स्मरणीय यात्रा बनाऔँ!’

पहिलो पटक एसिया कपमा पुगेको नेपालले विश्वकप जितिसकेको दुई पावरहाउस भारत र पाकिस्तानसँग खेल्नेछ। बुधबार घरेलु टोली पाकिस्तानसँग उद्घाटन खेल खेल्न नेपाली टोली मुल्तान पुगिसकेको छ।

पाकिस्तान अहिले पटक ओडीआईमा विश्वकै पहिलो वरियताको टिम हो। भारत भने चौथो स्थानमा छ। भारतसँगको खेल भने ४ सेप्टेम्बरमा श्रीलंकामा हुनेछ।

भदौ ११, २०८० सोमबार १६:००:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।