रास्वपाका गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि उद्योग समितिको सभापतिमा जनमतका अब्दुल खान सर्वसम्मत

रास्वपाका गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि उद्योग समितिको सभापतिमा जनमतका अब्दुल खान सर्वसम्मत

काठमाडौं : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान सर्वसम्मत निर्वाचित भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत निर्वाचित भएका हुन्। 

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदीय समितिको सभापति पद बाँडफाँट भएको थियो।

दलीय सहमति अनुसार प्रतिनिधिसभाको ९ वटा विषयगत समितिमा आइतबार नै सर्वसम्मत रुपमा सभापति चयन भइसकेका थिए।

तर उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने रास्वपाका गणेश पराजुलीले उम्मेदवारी दिएकाले सोमबार निर्वाचन गर्नुपर्ने थियो। 

तर निर्वाचनअघि उनले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत रुपमा सभापति चयन भएका हुन्।

प्रतिनिधिसभाअन्तर्गत रहेका समितिका सभापतिको शपथ ग्रहण पनि आजै हुने भएको छ। सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।

भदौ ११, २०८० सोमबार १६:००:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।