शिवम् सिमेन्ट लिमिटेडलाई अर्गनाइजेशन सेल्स एक्सिलेन्स अवार्ड २०२३
काठमाडौँ : शिवम् सिमेन्ट लिमिटेड अर्गनाइजेशन सेल्स एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ। काठमाडौँमा ग्रोथ सेलरद्वारा आयोजना भएको सेल्स समिट २०२३ मा शिवम् सिमेन्ट सम्मानित भएको हो।
कार्यक्रममा शिवम सिमेन्ट्स लिमिटेडका भाईस प्रेसिडेन्ट निखिल अग्रवालले सो सम्मान लिएका थिए।
यस भन्दा पहिला शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएको थियो। २०२२ मा बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर अवार्ड पाएको कम्पनीले ५३ ग्रेड तथा ४३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ।
कम्पनीको एक सबल पक्ष यहाँको जनशक्ति, आन्तरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी शेयर होल्डर एवं कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक विभिन्न तवरबाट सम्मानित हुँदै आएको कम्पनीले जानकारी दिएको छ।
हेटौँडामा रहेको उत्पादनस्थलमा सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
भदौ ११, २०८० सोमबार १५:२७:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।