नेप्सेमा सामान्य सुधार, कारोबार करोडमै सीमित

नेप्सेमा सामान्य सुधार, कारोबार करोडमै सीमित

काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन नेप्सेमा सामान्य सुधार आयो।

आइतबार दोहोरो अंकले ओरालो लागेको बजार सोमबार ५ अंकले बढेर १९९८.४५ विन्दुमा पुग्यो। सेन्सेटिभ इन्डेक्स १.४५ अंकले बढेर ३८३.५६ विन्दुमा उकालो चढ्यो।

जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूह सामान्य अंकले घट्दा अन्य उपसूचक समूहरूमा हरियाली छायो।

नेप्से बढे पनि कारोबार भने करोडमै सीमित रह्यो। सोमबार २७९ कम्पनीका ३६ लाख ७० हजार ७३१ कित्ता शेयर किनबेत हुँदा ९८ करोड ८६ लाख २८ हजारको कारोबार भयो।

आइतबार भने नेप्सेमा २० अंकको पहिरो जाँदा पनि एक अर्ब २६ करोडको कारोबार भयो।

कारोबारका हिसाबले ७ करोड ३१ लाख कारोबार गर्दै लक्ष्मी सनराइज् बैंक पहिलो स्थानमा रहँदा ४ करोड ९८ लाख कारोबारसहित सोल्टी होटल दोस्रो स्थानमा छ।

यसदिन कुथेली बुखारी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट हान्दा स्वाभिमान लघुवित्तको शेयर सबैभन्दा बढी ४.३८ प्रतिशतले घट्यो। 

भदौ ११, २०८० सोमबार १५:१२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।