भुटानको ड्रक एयरले पोखरा विमानस्थलबाट उडान गर्ने

भुटानको ड्रक एयरले  पोखरा विमानस्थलबाट उडान गर्ने

काठमाडौं :  भुटानको ‘ड्रक एयर’ ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान गर्ने भएको अनुमति पाएको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हप्तामा ७ वटा फ्लाइट गर्ने गरी ड्रक एयरले अनुमति पाएको जानकारी दिए। उनका अनुसार एयरले पहिलो उडान सेप्टेम्बर ९ का दिन गर्नेछ।

ड्रकले भुटानको पारो इन्टरनेसनल एयरपोर्टबाट पोखरा अन्तर्राष्ट्रिय उडान भर्ने भएको हो। 

उनका अनुसार भुटानको ड्रक एयर पोखरामा व्यावसायिक चार्टड फ्लाइट गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स बन्ने छ।

ड्रक  एयर भुटानको रोयल एयरलाइन्स अन्तर्गतको हवाई कम्पनी हो। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत पुस १८ गतेदेखि सञ्चालमा आएको हो। हाल विमानस्थलबाट आन्तरिक उडान मात्र भइरहेको छ ।

केही समयअघि विमानस्थलमा चिनिया पर्यटक लिएर चिनिया जहाजले अवतरण गरेको थियो। सिचुवान एयरलायन्सले जुन २१ मा पोखरामा चार्टड फ्लाइट गरेको थियो।

भदौ ११, २०८० सोमबार १४:५१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।