संसदीय समिति सभापतिको निर्वाचन दिउँसो ३ बजे‚ शपथ पनि आजै

संसदीय समिति सभापतिको निर्वाचन दिउँसो ३ बजे‚  शपथ पनि आजै

काठमाडौं : संसदीय समिति सभापतिहरूको शपथ दिउँसो साढे ४ बजे हुने भएको छ। 

प्रतिनिधिसभाअन्तर्गत रहेका समितिका सभापतिको शपथ ग्रहण पनि आजै हुने भएको हो। 

१० वटै समितिका सभापतिहरूसहित दिउँसो ३ बजे बस्ने बैठकले सभापति निर्वाचित भएको घोषणा गरेपछि शपथ हुने बताइएको छ। 

सभामुख घिमिरेले सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।

९ वटा समितिको सभापति निर्विरोध निर्वाचित भइसकेका छन् भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि मात्रै निर्वाचन हुन लागेको छ। 

उक्त समितिको सभापतिका लागि सत्ता र प्रतिपक्षको गठबन्धनबाट जनमतका अब्दुल खान उम्मेदवार छन् भने विपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट गणेश पराजुली उम्मेदवार छन्।

समितिमा नेपाली कांग्रेसबाट तीन, नेकपा एमालेबाट दुई, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत र रास्वपाबाट १–१ जनाले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए।

अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रकी विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजु देउवा, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह, राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडाको मात्रै उम्मेदवारी परेको छ। 

त्यस्तै, सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एकीकृत समाजवादीका भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राप्रपाका दीपकबहादुर सिंहको मात्रै उम्मेदवारी परेको छ।

भदौ ११, २०८० सोमबार १४:२६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।