नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन

नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन

काठमाडौं : डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका छन्।

आईतबार रातिदेखी पण्डित सम्पर्कबिहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारीले भूमिश्वर पोख्रेलले जानकारी दिए।

‘बडीगार्डलाई पनि छाडेर एक्लै निस्किनुभएको हुँदा हिजोदेखि सम्पर्कमा नआउनु भएको खबर आएपछि खोजीमा टोली परिचालन गरेका छौं’, उनले भने, ‘यहाँ नेटवर्कको पनि समस्या छ, त्यसैले खोजीमा केही जटिलता छ।’
 

भदौ ११, २०८० सोमबार १४:०४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।