कोशीमा बजेट होलिडे : कर्मचारीको तलब भत्तादेखि नीजि क्षेत्रसँगको साझेदारीसम्म प्रभावित

कोशीमा बजेट होलिडे  : कर्मचारीको तलब भत्तादेखि नीजि क्षेत्रसँगको साझेदारीसम्म प्रभावित

काठमाडौं : कोशी प्रदेशमा आजबाट बजेट होलिडे सुरु भएको छ। 

अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन नहुँदा कोशीमा आईतबार राति १२ बजेबाट बजेट होलिडे सुरु भएको हो।

एमाले नेतृत्वको सरकारले गत असार १४ गते अध्यादेशमार्फत ल्याएको बजेट प्रदेश सभामा टेबुल गरेको थियो।

प्रदेश सभामा प्रस्तुत भएको उक्त विधेयक ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर प्रतिस्थापन गर्नुपर्ने व्यवस्था बमोजिम उक्त अध्यादेशबाट ल्याइएको बजेटको कानुनी र संवैधानिक हैसियत आईतबार राति १२ बजेबाट सकिएको हो।

बजेट  होलिडेको नकरात्मक प्रभाव कर्मचारीको तलब भत्तादेखि नीजि क्षेत्रसँगको साझेदारीमा देखिने भएको छ ।

योसँगै प्रदेश सरकारलाई मालपोत, यातायात, वन जङ्गल लगायतका क्षेत्रबाट संकलन हुने राजश्व संलनमा अवरोध सिर्जना भएको छ ।

साथै, आजबाट प्रदेश सरकारले साधारण खर्च समेत गर्न पाउने छैन। 

बजेट होलिडेको नकरात्मक प्रभाव कर्मचारीको तलब भत्तादेखि नीजि क्षेत्रसँगको साझेदारीमा देखिने भएको छ ।

भदौ ११, २०८० सोमबार १३:४७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।