सारुक आत्महत्या घटनाबारे अभिनेत्री नम्रता र तान्त्रिक गुरुको बयान, अनुसन्धानमै प्रहरी

सारुक आत्महत्या घटनाबारे अभिनेत्री नम्रता र तान्त्रिक गुरुको बयान, अनुसन्धानमै प्रहरी

काठमाडौँ : सारुक ताम्राकार आत्महत्या प्रकरणमा प्रहरीले अभिनेत्री नम्रता श्रेष्ठ र तान्त्रिक गुरु दाबी गरिएका ईश्वर अधिकारीको बयान लिएको छ। यसैसाता प्रहरीको सम्पर्कमा आएका दुवै जनाको प्रहरी वृत्त मालिगाउँले बयान लिएको हो।

'केही दिन अगाडि दुवै जनाको बयान भइसकेको छ। अहिले प्रहरी अनुसन्धानकै चरणमा रहेको छ' अनुसन्धानरतस्रोतले उकेरालाई भन्यो।

प्रहरीले यस अगाडि नै फिल्म निर्माण टिमका सदस्यहरूको बयान लिइसकेको छ। नम्रतासँगै फिल्म ह्यासट्याग मायामा अभिनय गरिरहेका सारुक फिल्मको छायाङ्कन सेटबाट घर फर्किएपछि आत्महत्या गरेका थिए। आत्महत्या अगाडि छायांकनस्थलमा नम्रता र सारुकविच झगडा परेको र सारुक निराश भएको सो फिल्मको निर्माण टिमले यस अगाडि नै सार्वजनिक गरिसकेका छन्।

एक्लो छोरा सारुकको मृत्युपछि निराश रहेका उनका बाबु सानु ताम्राकारको समेत उपचारकोक्रममा शनिवार निधन भएको थियो। फिल्मकर्मीहरू र फिल्मसँग सम्बन्धित संस्थाका प्रतिनिधीहरुले सारुक आत्महत्या घटनाको निष्पक्ष छानबिनको माग गरिरहेका छन्।

यसविचमा तान्त्रिक गुरु भनिएका ईश्वर अधिकारीले मध्यरात दोलालघाटमा तन्त्र साधना गरेर सारुकसहितलाई बुटी दिएको खुलेको थियो। उकेरासँगको कुराकानीमा उनले यो स्विकार गरेका थिए। त्यही भएर उनी पनि अनुसन्धानमा तानिएका थिए। 

सानु ताम्राकारको निधनपछि पनि वसुन्धरा भुसाल, दीपाश्री निरौला, शोभित बस्नेत लगायतका कलाकारहरूले छोराको वियोगका कारण कलाकार सानुको निधन भएको भन्दै आत्महत्याको कारण खुल्नुपर्ने बताएका थिए।

सारुकको परिवारले प्रहरीमा किटानी जाहेरी दिने प्रयास गरेका थिए। तर प्रहरीले पहिलो निवेदनकै आधारमा अनुसन्धान भइरहेको भन्दै सम्झाएर फर्काएको थियो।

सारुक आत्महत्या प्रकरण

अभिनेता सारुक ताम्राकार झुण्डिएको अवस्थामा फेला

अभिनेता सारुकको आत्महत्याबारे अनुसन्धानमा प्रहरी, कारण पहिल्याउन मोबाइल डिटेल खोतलिँदै

अभिनेता सारुक प्रकरण : सुटिङमा बलात्कारको सिनमा अभिनेत्री नम्रतासँग ‘झगडा’, बेलुका आत्महत्या

अभिनेता सारुक आत्महत्यासँग जोडिएको तीन रहस्य : कालो बुटी, बुढानीलकण्ठको सेतो घर अनि गाँजा

सारुक घटनामा निर्देशक राजीवको खुलासा : मध्यरात सारुक र नम्रता तान्त्रिकसँग मसानघाट गएर पूजा गरेका थि

दोलालघाटमा पूजा गरेका 'गुरु' ईश्वर भन्छन्, 'निर्देशक राजीवको ग्रह पूजा गरेर सारुकसहितलाई बुटी दिएको हुँ'

सारुकको मृत्युबारे सत्यतत्य छानबिन गरि बाहिर ल्याउन कलाकार संघको माग

सारुक घटनामा फिल्म निर्माता र निर्देशकसँग प्रहरीको सोधपुछ

सारुकको मोबाइलमा सुसाइड नोट ' लेट मि रेष्ट इन पिस'

सारुक आत्महत्या घटनामा नम्रताको भूमिकाबारे स्वस्तिमाले पहिलो पटक बोल्दै भनिन्' भएको के हो भन्नुपर्छ'

अभिनेता सारुकको अन्तिम म्युजिक भिडियोमा अभिनेत्री नम्रता छैनन्

ताम्राकार परिवारमा बज्रपात, छोरा सारुकले आत्महत्या गरेको डेढ महिनामा बाबु सानुको निधन


 




 

भदौ ११, २०८० सोमबार १३:३०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।