काठमाडौं महानगरको पक्षमा अन्तरिम आदेश, व्यावसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने

काठमाडौं महानगरको पक्षमा अन्तरिम आदेश, व्यावसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने

काठमाडौं : काठमाडौं महानगरपालिकाले गरेको सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने निर्णय कार्यान्वयन हुने भएको छ। 

महानगरको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेसँगै कार्यान्वयनको बाटो खुलेको हो।

काठमाडौं महानगरपालिले आवासीय एवम् व्यावसायिक भवनहरुमा सवारी साधन पार्किङ गर्दा सेवाग्राहीहरूसँग शुल्क लिन नपाउने निर्णय गरेको थियो। 

त्यसविरुद्ध कम्पलेक्स डेभलपर लिजर एशोसिएनले महानगरविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो।

त्यो रिटमाथि २२ साउनमा सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले काठमाडौं महानगरपालिकासँग लिखित जवाफ मागेको थियो। 

अदालतले ३० साउनसम्म व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङस्थलहरुमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न अल्पकालीन आदेशमा दिएको थियो।

भदौ ११, २०८० सोमबार १२:१२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।