पुष्पलाल मध्य पहाडीसहित ४ राजमार्ग अवरूद्ध, ४८ स्थानमा एकतर्फी

पुष्पलाल मध्य पहाडीसहित ४ राजमार्ग अवरूद्ध, ४८ स्थानमा एकतर्फी

काठमाडौं : बाढी–पहिरोका कारण देशभर ४ वटा राजमार्ग अवरूद्ध भएका छन्। ४८ स्थानमा एकतर्फीरूपमा सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।

विभागले अद्यावधिक गरेको जानकारीअनुसार तानसेन–रिडी–कोरला जोड्ने सडक म्याग्दीको नौनीबगर, गुइथे आदि ठाउँमा अवरूद्ध छ।

तमोर करीडोरअन्तर्गतको चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थित हेवाखोलामा पनि अवरूद्ध रहेको छ।

बालाजु–त्रिशुली–धुन्चे –स्याफ्रुबेसी जोड्ने पासाङ ल्हामु राजमार्ग पनि नुवाकोटको निगालेमा अवरूद्ध छ। 

यद्यपि यहाँको पहिरो पन्छाउने कार्य अन्तिम तयारीमा रहेकाले चांडै सवारी सञ्चालन नियमित हुने इन्जिनियर सागर भण्डारीले बताए।

पुष्पलाल मध्य पहाडी राजमार्ग पनि खोटाङको बेर्खेटारमा अवरूद्ध रहेको छ।

भदौ ११, २०८० सोमबार ११:३६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।