सन्दीपलाई बिदाइ गर्दै सदस्य सचिवले भने : एसिया कपमा देशको भरोसा उनीमा छ

सन्दीपलाई बिदाइ गर्दै सदस्य सचिवले भने : एसिया कपमा देशको भरोसा उनीमा छ

काठमाडौं : एसिया कप खेल्न पाकिस्तान जान लागेका नेपाली टिमका स्टार स्पीनर सन्दीप लामिछानेलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल नै पुगेका थिए।

सन्दीपलाई बिदाइ गर्दै सदस्य सचिवले एसिया कपमा देशको भरोसा सन्दीपमाथि भएको बताए।

‘एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न देशका लागि सन्दीपको उपस्थिति निकै महत्त्वपूर्ण छ,’ उनले भने, ‘केही प्राविधिक विषयवस्तुमा अल्झिएको थियो। तर अहिले सन्दीपको यात्रा निश्चित भएको छ।’

‘आज सिंगो देशले जसरी उनीमाथि भरोसा गरेको छ त्यो भरोसा यो पटक प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु,’ उनले थपे। सन्दीप गएपछि नेपाली टिमले पूर्णता पाउने उनले बताए।

भदौ ११, २०८० सोमबार ११:०८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।