गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं : नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्रान्जिट’ बनाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँदिल्ली उडान गर्ने भएको छ।

यहि भदौ १२ देखि दुई गन्तव्यमा उडानका लागि टिकट बुकिङ खुला गरेको हो।नेपाल वायु सेवा निमगले आइतबार विज्ञप्ति प्रकाशन गरेर टिकट बुकिङ खुल्ला गरेको बताएको हो।

भैरहवाबाट हरेक मंगलबार साताको एक उडानबाट सुरु गरी बजार माग तथा बजार व्यवस्थापनअनुसार उडान संख्या बढाउँदै लैजाने योजना रहेको निगमले बताएको छ।

उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौं अवतरण गर्ने छ। त्यसपछि ट्रान्जिट भई हङकङ र दिल्ली जाने यात्रु नेवानिकै ‘कनेक्टिङ’ उडानमा चढ्ने छन्।

यात्रु सुविधाका लागि ‘चेक इन’ गर्ने बेला गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको वायु सेवा निमगले बताएको छ।

भदौ ११, २०८० सोमबार १०:४७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।