आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

बैतडी : दार्चुलामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ।

आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी  शैल्यशिखर नगरपालिका–५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याउने क्रममा बैतडीको पाटनमै उनको मृत्यु भएको बताए।

घरमा कोही नभएको बेला शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी साउँदको ८० प्रतिशत शरीर जलिसकेको डीएसपी पाण्डेले बताए।

प्रहरीका अनुसार घरमा श्रीमान् श्रीमती बस्ने गरेकोमा श्रीमान् बजारतिर गएका बेला उनले आगो लगाएकी थिइन्।

घट्नाबारे थप अनुसन्धान भैरहेको डीएसपी पाण्डेले बताए।

भदौ ११, २०८० सोमबार १०:२६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।